काठमाडौँ । नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या १ लाख ४० हजार भन्दा माथि पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्भेक्षणले यो अवस्था देखाएको हो ।
यो संख्यामध्ये १ लाख ६ हजार ४५९ जना मात्रै तलबी कर्मचारी भएको प्रतिवेदनले देखाएको छ । नेपाल स्ट्यान्डर्ड औद्योगिक वर्गीकरणको ‘आई’ खण्ड अन्तर्गत पर्ने अल्पकालीन आवास सुविधा प्रदान गर्ने वा जुनसुकै प्रकारको भोजन सेवा उपलव्ध गराउने प्रतिष्ठान यस अन्तर्गत रहेको कार्यालयले जनाएको छ ।
यी प्रतिष्ठानहरुमा होटल, रिसोर्ट होटल, अपार्टमन्ट होटल, मोटल, मोटर होटल, पाहुनाघर, धर्मशाला, पेन्सन्स आवास, बिछौना र खाजा, हेलिडे होम, कटेज क्याबिन, यूवा आवास तथा हिमाली आश्रय लगायत रहेका छन् । पाँचतारे होटलदेखि सडकको छेउमा हुने खाजा पसलसम्म यस अन्तर्गत समावेश गरिएको कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए ।