नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।वि.सं. २०४४ मा भारतका लागि राजदूत नियुक्त शाह पूर्व बैंकर तथा हाल रास्वपा नेता अनिलकेशरी शाहकी आमा हुन् । उनी परराष्ट्र मन्त्रालयको सहसचिवबाट अतिरिक्त सचिवमा बढुवापछि राजदूत बनेकी थिइन् ।
सन् १९७१ मा बंगलादेश अस्तित्वमा आएपछि उनी बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूतको जिम्मेवारीमा थिइन् ।