सूर्यदर्शन सहकारी ठगीः भाेलिदेखि जाहेरवालाको तर्फबाट बहस हुने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सूर्यदर्शन सहकारी ठगी मुद्दाको दोस्रो दिनको थुनछेक बहस सकिएको छ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो। योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

उनका अनुसार भोलि (बिहीबार) देखि  जाहेरवालाको तर्फबाट बहस हुने छ। जाहेरवालाको बहसपछि भने प्रतिवादीको तर्फबाट बहस हुने उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *