पार्टी भने पछि मात्रै घोषणा गर्ने उनले जानकारी गराएका छन्। जागरणमार्फत देशभर हिँड्ने र त्यहाँबाट प्राप्त सुझावअनुसार पार्टी घोषणा गर्ने रावलको तयारी छ।
उनले पार्टी बन्दा देशभक्त र वैकल्पिक शक्तिहरूसँग एकता हुने बताए। वैकल्पिक शक्ति अपरिहार्य बनेको उल्लेख गर्दै उनले भने, ‘आजको उपस्थितिले देशको सर्वोपरी हितको भवनालाई प्रतिविम्बित गर्छ भन्ने ठानेको छु। अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ।’