लेखा समितिका सभापतीकी पत्नी फरार : सातादेखि विद्यालयमा छैनन् हाजिर अञ्जला

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

विराटनगर — मोरङ धनपालथान–३ को उमा–गौरी कृषि सहकारी ठगी प्रकरणकी अभियुक्त अञ्जला कोइराला दुई सातायता फरार छिन् । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीसमेत रहेकी कोइराला आफूले पढाउँदै आएको विद्यालयमा पनि हाजिर भएकी छैनन् ।

कोइरालाले विराटनगरस्थित महेन्द्र रात्रि माविमा पढाउँदै आएकी थिइन् । सहकारी ठगी प्रकरणमा उनीलगायतविरुद्ध गत मंसिर २७ मा मुद्दा दायर भएको थियो । त्यसको भोलिपल्ट २८ गते विद्यालयमा आयोजित राष्ट्रपति रनिङ सिल्ड कार्यक्रममा उनी सहभागी थिइन् ।

पुस १ मा उनले ५ दिनको बिदा स्वीकृत गराएको विद्यालय प्रशासनले जनाएको छ । त्यसयता उनी फरार छिन् । बिदा सकिए पनि पुस ६ यता विद्यालयमा हाजिर भएकी छैनन् । उनी विद्यालयमा उपस्थित नभएको एक साता पुगिसकेको छ ।

अञ्जलाका श्रीमान् पोखरेलले गत मंगलबार इमेलबाट पत्र पठाएर विद्यालयमा अनिश्चितकालीन बिरामी बिदा मागेका थिए । उनले फोन गरेर पत्र पाए नपाएको बारे आफूसँग जानकारी लिएको प्रधानाध्यापक झङ्कप्रसाद पराजुलीले बताएका थिए । तर विद्यालयले बिदा स्वीकृत नगरिसकेको उनले जानकारी दिएका थिए । कोइराला उमा–गौरी कृषि सहकारीकी पूर्व सञ्चालकसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *