चिसापानी राजकाँडा केबलकारको शिलान्यास

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिमको चिसापानी राजकाँडामा केबलकारको शिलान्यास गरेकि छन । कैलालीको चिसापानीदेखि राजकाँडासम्म सञ्चालन गर्नेगरी गरिएको केबुलबार शिलान्यास कार्यक्रममा शनिबार उनले केबुलकार सञ्चालनका लागि सरकारले सक्दो सहयोगको वातावरण बनाउने बताइन  । मन्त्री डा. राणाले सुदूरपश्चिमकै प्रवेशद्वारमा ठुलो लगानीका साथ केबुलकार सञ्चालन हुन खोजेकाले सबै क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राख्दै ठुलो लगानीमा केबुलकार बन्ने अवस्था सिर्जना हुनुले  सुदूपश्चिमबासी बधाईको पात्र भएको बताइन  ।

व्यवसायीलाई लगानी गर्न प्रेरित गर्न सरकारले के–के ऐन, कानुन परिवर्तन गर्नुपर्छ त्यसका लागि सरकार तयारी गरिरहेको पनि बताउद्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले  केबुलकार निर्माणले सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताए  ।यस्तै सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केबुलकार निर्माणमा सफलता पाउने विश्वास व्यक्त गरे ।

एक वर्षमा निर्माण कार्य सकिने बताइएको सो  केबलकार निर्माणका लागि एक हजार आठसय ६६ रुख कटान भइसकेको छ भने २० बिघा जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कैलालीका व्यवसायी सूर्यबहादुर थापा समूहले जालपादेवी केवुलकार सञ्चालन गर्न थालेको हो । सञ्चालक थापाका अनुसार लम्बाइ तीन दशमलब एक किलोमिटर लामो रहने केवुलकारको यात्रा अवधी दश मिनेटको रहने छ ।

सो केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेगरी डिपिआर निर्माण भएको छ । सो केबुलकारको निर्माण गर्न सात अर्ब रुपियाँ लगानी हुने अनुमान गरिएको छ ।

थापाका अनुसार केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधाम लगायतका धार्मिकस्थल, हात्तीढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । निर्माण समूहले केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

यस्तै, केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एकसय बेड क्षमताका होटल र सभाहल निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेशन कर्णाली चिसापानीमा रहने जनाइएको छ । केवलकार सञ्चालनले सुदूरपश्चिमको पर्यटन विकाससँगै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *