आज देशका यी स्थानमा वर्षाकाे संभाबना

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

आज  देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा लगायत कोशी प्रदेशका पहाडी भूभागका केही  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेकाेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना  छ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै  कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको तथा  बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाे समेत महाशाखाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *