चिसाे बढदैः आवश्यक सतर्कता अपनाउन बिभागकाे सबैसंग आग्रह

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पश्चिम नेपालबाट मौसममा बदली सुरू भएको छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले याे प्रणाली मंगलबार राति कणाली प्रदेशमा पनि फैलिने, विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिएकाेछ । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने छ ।

आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने छ भने अहिले वर्षा  भइसकेको छैन। राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएकाेछ ।

महाशाखाले  सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको बताएकाेछ।

हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामन्यतया सफा रहेको छ।

आगामी २४ घन्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ।

चिसो बढ्न सुरू 

मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरू भएको छ। गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाकाले जनाएकाेछ ।

विभागको अभिलेखमा हाल काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ। यसअघि पुस ४ गते काठमाडौंको तापक्रम चार दशमलव आठ डिग्री थियो।

यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते माइनस सात दशमलव दुई डिग्री थियो। अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै महाशाखाले चिसाेबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैसंग आग्रह समेत गरेकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *