खोला किनारमा टिकटक बनाउने क्रममा तेह्रथुममा दुईजनाको मुत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।
विद्यालयका अनुसार, उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनिहरू लाइ त्यसपछि खोलाले बगाएकाे थियाे ।
शनिबार अपराह्न खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएकाेछ । शव मृतकका परिवारलाई आज मात्र हस्तान्तरण गरिने बताइएकाेछ ।