बाजुरामा भूकम्प : केहि भौतिक क्षतिकाे आशंका

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर आज  बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएकोछ ।  ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रशासनका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ  बिहानैदेखि क्षतिको विवरण लिने काम भै्रहेकाे छ ।   यस कार्यमा सबै पालिकाका वडाध्यक्षसँग सहयोग मागिएको छ । प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन । भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीका स्थानीय घरबाहिर निस्केका थिए । आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा घर बाहिर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *