कालीमाटीको तरकारी खान योग्य

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्दा सबै खानयोग्य भएको तथ्य सार्वजनिक गरेको छ ।

विभागले बिहीबार राति १० बजेदेखि शुक्रबार बिहान ३ बजेसम्म २१ प्रकारका १६२ वटा तरकारीका नमुना लिएर विषादी भए/नभएको परीक्षण गराउँदा खान योग्य भएको पाइएको हो ।

विभागका निर्देशक मोहनकृष्ण महर्जनले मोबाइल भ्यानको परिचालन गरी पहिलो पटक कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण गरिएको बताए  ।

परीक्षणका क्रममा विषादीको मात्रा न्यूनतम दुईदेखि अधिकतम २७ प्रतिशतसम्म पाइएको विभागले जनाएको छ । विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत मात्रा भएकालाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा अस्वीकृत गरी नष्ट गरिने प्रावधान छ ।

विभागका अनुसार अनुगमनका क्रममा ४७ वटा गाडीका तरकारी तथा फलफूल परीक्षण गरिएको र  उक्त तरकारी नेपालका विभिन्न १४ जिल्ला तथा चार वटा गाडी भारतबाट समेत आएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *