समुदायको सक्रियताले गिद्धको संख्या बढ्दै

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पाल्पाको रामपुर नगरपालिका–८, आँपचौरका ७६ वर्षीय थानेश्वर अर्यालले ४० वर्षअघि खैरेनी जंगलमा सयौंको संख्यामा गिद्ध देखेका थिए । बेलुकीपख जंगल जाँदा गिद्धको बथानले रुख ढाकेको हुन्थ्यो । बुढा सिमलको रुखमा गिद्धको बथान नै बास बस्थ्यो । हेर्दाहेर्दै गिद्धको संख्या घट्दै गयो ।‘गिद्ध घट्दै जाँदा २० वर्षअघि त २०–३० वटा मात्रै थिए,’ उनले भने, ‘अहिले भने हरेक वर्ष बढ्दो छ ।’

अर्यालले भनेजस्तै २०४९/५० सालतिरसम्म रामपुरस्थित खैरेनी वनमा एक हजार हाराहारी गिद्ध थिए । तर त्यसयता गिद्धको संख्या घट्दै गयो । यस क्षेत्रमा बसोवास गर्ने समुदायले २०४९ सालतिर सामुदायिक वन बनाएपछि बिस्तारै गिद्धको संरक्षण हुँदै गयो ।

२०५८ सालपछि यस क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरियो । वनलाई सामुदायीकरण गर्न थालिएपछि वन संरक्षणका साथै विभिन्न प्रजातिका बोटबिरुवा हुर्के । पशुपक्षी संरक्षण, वनमा सिकार खेल्न निषेध गरियो । पर्यावरण सुधारका साथै गिद्ध संरक्षणको काम अघि बढ्यो । काठदाउरा चोरीनिकासी बन्द गरियो । त्यसपछि भने पुनः गिद्धले बास बस्ने थलो बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *