सरकारका प्रवक्ता भन्छन्- सबैतिर कमिशन खाेरी र भ्रष्टाचारीहरूको बिगबिगी छ

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबैतिर भ्रष्टाचारीहरूको बिगबिगी रहेको बताएका छन् । बिहीबार लमजुङको क्व्होलासोथार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न पुगेका गुरुङले यस्तो बताएका हुन् ।

‘सबै ठाउँ कमिसनखोरीहरूको बिगबिगी छ, भ्रष्टाचारीहरूको बिगबिगी छ,’ गुरुङले भने ।यस्तै उनले अहिले छोटो-छोटो समयमा सरकार ढल्ने समस्याको अन्त्य भएको बताए । दुई ठूला दलले यसको अन्त्य गरेको उल्लेख गर्दै उनले भने, ‘कमसेकम अहिले यो समस्या छैन ।’उनले संसद्का दुई ठूला दलहरू त्यसकै लागि मिलेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *