जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर फाइनमा प्रदेश गरेको छ ।
त्यस्तै हर्ष थाकर १७, मयन यादव र आकाश त्रिपाठी समान १३÷१३ रन बनाए । कप्तान आशिफ शेख चार, शुभ कंसकार तीन, लाहिरू मालिन्था दुई र मोहम्मद मोहसिनले एक रन बनाए भने शेर मल्लले अविजित १६ रन बनाए।
कर्णालीका लागि विपिन शर्माले तीन, कप्तान सोमपाल कामी, जिद मक्सुद, विलियम बसिस्टो, एक विकेट लिए।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झा २५, देव खनाल २४, विलियम बसिस्टो १४, जिद मक्सुद र युनिस ठकुरी समान १२, चाडविक वाल्टन ११, कप्तान सोमपाल कामी पाँच अर्जुन घर्ती द्ई, जयकिसन कोल्सावाला एक रन बनाएर आउट भए भने नन्दन यादव ४ रनमा अविजित रहे।
जनकपुरका लागि ललित राजवंशी,जेम्स निसम र मोहम्मद मोहसिनले समान दुई, हर्ष ठाकर, शेर मल्लले एक एक विकेट लिएका थिए ।