अंग्रेजी नयाँ वर्षमा भैरहवामा सडक खाना महोत्सव हुदै

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भैरहवामा ‘स्ट्रिट फुड फेष्ट’ (सडक खाना महोत्सव) हुने भएको छ। पर्यटन प्रवर्द्धन र बजार चलायमान गराउनका लागि उद्योग व्यापार संगठन, रुपन्देहीले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा ‘स्ट्रिट फुड फेष्ट’ (सडक खाना महोत्सव) आयोजना गरेको छ।

संगठनले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर पुस १६ गते (डिसेम्बर ३१) अंग्रेजी नयाँ वर्षका दिन भैरहवाको प्रहरी टोल (सानु डिपार्टमेन्टल स्टोरदेखि मिलन चोकसम्म) क्षेत्रमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ।

आयोजकका अनुसार महोत्सवमा तीन र चार तारे होटलका साथै कुल ५० वटा स्टल रहने छन्। जसमा नयाँ वर्ष मनाउनका आएका पर्यटकहरूले सडकमा रमाउँदै न्यून मूल्यमा विभिन्न परिकारका स्वाद लिन सक्नेछन्। उक्त स्टलहरुमा बाह्य पर्यटकहरूलाई समेत लक्षित गर्दै नेवारी, थारु, मगर लगायत समुदायका खानाका परिकारहरु हुनेछन्।

‘पर्यटन प्रवर्द्धन र बजार चलायमान गराउनुका साथै भैरहवामा रात्रि कालिन बजारको अवधारणालाई दिगो दिनका लागि पनि यो महोत्सव आयोजना गर्दैछौँ’, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले भने,‘आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका निम्ति हामी निजी क्षेत्र तयार छौँ।’

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने भन्दै आएका पर्यटकहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताए।

संगठनका निवर्तमान अध्यक्ष अनिल ज्ञवालीले महोत्सवमा आउने भारतीय पर्यटकहरूलाई रातिको समयमा सीमा नाकाबाट सहजरुपमा आवतजावतको व्यवस्था मिलाइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *