सुदुरपश्चिमसँग जनकपुर ८ बिकेटले पराजित

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सुदुरपश्चिम रोयल्ससँग जनकपुर बोल्टस पराजित भएको छ ।जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग(एनपीएल)को फाइलनमा प्रवेश गरेको छ । सुदुरपश्चिम एनपीएलको फाइनलमा प्रवेश गर्ने पहिलो टोली हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *