तबलावादक जाकिर हुसैनको निधन

अन्तराष्ट्रिय मुख्य समाचार समाचार सुचना/प्रबिधि

प्रख्यात भारतिय तबलावादक जाकिर हुसैनको ७३ वर्षको उमेरमा  निधन भएको छ। हुसैनको सान फ्रान्सिस्कोको एक अस्पतालमा सोमबार  निधन भएको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

सञ्चारमाध्यमहरुले परिवारका सदस्यलाई उद्धृत गर्दै लेखेअनुसार उनी विगत दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना भएका थिए। उपचाररत अवस्थामै उनको स्वास्थ्य अवस्था झन्  बिग्रिएपछि उनलाई आईसीयूमा लगिएको थियो। आईसीयूमा उपचारकै क्रममा उनको त्यहाँको समयअनुसार आइतबार दिउँसो निधन भएको हो।

तबलावादक अल्लाह रखाका जेठा छोरा जाकिर हुसेनले आफ्नो बुबाको पाइला पछ्याउँदै विश्वभर आफ्नो नाम कमाएका थिए। उनले चारवटा ग्रामी अवार्ड समेत पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *