किराँत समुदायको उधौली पर्व सम्पन

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

आइतबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चार्ड मनाउने गरिन्छ।

ललितपुरमा किराँत समुदायले विभिन्न कार्यक्रम गरेर उधौली पर्व मनाएका हुन्। सो अवसरमा मौलिक नृत्य, जातिय भेषभुषा लगाएर विशेष प्रस्तुति देखाइएको थियो। उधौली पर्व प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व पनि हो।

अन्नबाली भित्र्याउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले उधौली पर्वलाई विशेष पर्वका साथ किराँत समुदायमा मनाउने परम्परा छ। किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ। वैशाख पूर्णिमामा उभौली पर्व मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *