त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल हुदैछ। एनपीएलको अन्य दिनको जस्तै आज पनि पहिलो खेल बिहान ९ बजेदेखि तथा दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।
पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्स भिड्ने छन् भने आजैहुने दोस्रो खेलमा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन्।
सुदूरपश्चिमको आज हुने खेल छैटौं खेल हो। यस अघिका भएका ४ खेलमा जीत तथा एक खेलमा हार व्यहाेरेकाे सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ।
यसअघि खेलेका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ। विराटनगर किङ्ग्सले छमध्ये दुई खेल मात्र जितेको छ। पोखराको भने आजको खेल अन्तिम खेल हो। पोखराले पनि हालसम्म दुई खेलमा जित हात पारेको छ।
दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो।