लामिछानेमाथि मानवअधिकार उल्लंघनको व्यवहार भएको छैन : गृहमन्त्री लेखक

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि स्वास्थ्य

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री लेखकले अदालतको आदेशअनुसार नै लामिछानेमाथि अनुसन्धान भइरहेको बताए ।

 

‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ, ’ उनले भने, ‘सहकारी ठगीमा संलग्म्लन जो कोहीमाथि अनुसन्धान हुन्छ ।’ लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रकृयाबाट नै हरेक गतिविधिको छिनोफानो हुने लेखकको भनाइ छ ।

मन्त्री लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने कुनै काम कसैले पनि गर्न नहुने बताएका छन् । जनताले दु:ख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर गरे । संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यक्ता महसुस भएकाले जनचाहना अनुसार काम हुने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *