लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङले  उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई पनि प्रतिवादी कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।  असोजमा जाहेरी दर्ता गरेर प्रहरीले धनपालथान–४ घर भएका रोशन राजवंशीलाई पक्राउ गरेको थियो । राजवंशी सञ्चालक समिति सदस्य हुन् ।

सुरुमा १० जना र पछि १६ जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको कार्यालयले जनाउदै उमागौरीको रकम अपचलनमा संलग्न २६ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएर अनुसन्धान प्रतिवेदन बुझाएकाे पनि बताएकाे छ ।

प्रहरीको प्रतिवेदनको आधारमा सरकारी वकिलले मुद्दा दायर गरेको हो । लेखा समिति सभापति पोखरेल पत्नी अञ्जला उमागौरी पूर्व सञ्चालक हुन् । सहकारी संकटमा परेपछि उनले २०७८ माघ ५ मा राजीनामा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *