दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो । आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको बताइएको छ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै छ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए । प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए ।
टाइम्स अफ इन्डियाका अनुसार आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भयो र द्रुत गतिमा अन्य तलाहरूमा फैलिएको थियो । उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो ।
आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो ।