विराटनगर किंग्स ५१ रनले विजयी भएको छ। नेपाल प्रिमियम लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको हो ।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रवार भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो।उक्त लक्ष्य पछ्याउने क्रममा चितवनले ६ विकेट गुमाएर १३० रन मात्रै बनाएर पराजित हुन पुग्यो।
काठमाडौं आइपुगे ब्रायन लारा
वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा काठमाडौं आइपुगेका छन्। उनी शुक्रबार बिहान सँवा ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
लाराको स्वागतका लागि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएका हुन्।
क्यानका अनुसार लाराले एनपीएलका केही खेल हेर्नेछन् । लाराले बुधबार मात्रै सामाजिक सञ्जालमार्फत आफू एनपीएलका खेल हेर्न इच्छुक रहेको बताएका थिए ।