काठमाडौंमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान पाैने छ बजेको न्युनत्तम तापक्रम ३.९ डिग्री सेल्सियस छ । हिजाे बुधबार बिहान यही समय काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो । बुधबार बिहान पौने ९ बजे भने तापक्रम घटेर ३.९ डिग्री सेल्सियस पुगेको थियो ।
मौसम सफा हुँदै जाँदा तापक्रम पनि घटिरहेको छ । बादल नलागेर आकास खुला हुँदा तापक्रम घट्ने गरेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान जल तथा मोैसम विज्ञान विभागले गरेकाे छ ।
बिभागका अनुसार काठमाडौंमा आज मौसम सामान्यतया सफा रहनेछ भने, केही भू–भागमा आंशिक बदली रहे पनि मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी र कर्णाली प्रदेशमा मौसम आंशिक बदली रहनेछ । बिहान तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको बिभागले जनाएकाे छ ।
बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक प्रभाव पर्नसक्ने भन्दै जल तथा मोसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।