तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ  ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक प्रभाव पर्नसक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *