शेखरविरुद्ध संस्थापनको यस्तै रवैया रहे कांग्रेस दुर्घटनामा पर्छ सांसद शर्मा

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले डा. शेखर कोइराला लगायतप्रति संस्थापन पक्षको रवैया यस्तै रहे कांगेस दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका छन् । पार्टी कब्जा गरेर पेलेर जाने सोचाइ संस्थापनका लागि प्रत्युत्पादक हुने उनले चेतावनी दिए ।

मंगलवार संचारकमीसँगको कुराकानीमा शर्माले संस्थापनको रवैया यस्तै रहे २०८४ अगावै कांग्रेस दुर्घटनामा पर्ने बताएका हुन् ।

‘गिरिजाप्रसाद कोइराला भएको बेला शेरबहादुरलाई पार्टीभित्र सम्मानजनक शेयरिङ र ओहदा दिएको होइन ? अहिले शेखर कोइरालाले ४१ प्रतिशत पाएको होइन ? गगनसँग कुरा गर्दा ५१ भन्दा माथि हुन्छ,’ कोइराला निकट मानिने सांसद शर्माले भने, ‘यिनीहरू कोही होइनन् भन्ने यही रवैया अपनाएर जानु भयो भने कांग्रेसको लागि दुर्भाग्य हुन्छ, २०८४ अगाडि दुर्घटनामा जान सक्छ । पार्टी क्याप्चर गरे, पेलेर जान्छु भन्ने दिवासप्ना हुन्छ ।’

पार्टीभित्रको अधिनायकवादी चरित्रविरुद्ध संघर्ष गर्ने उनले बताए । फरक प्रसंगमा उनले फेरि कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधामनमन्त्री मानेर जाने अवस्था नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *