बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा सर्ने भएको छ ।
राष्ट्र बैंकले आगामी पुस १ गतेदेखि दुवै विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने जनाएको छ ।
२०७२ सालको महाभूकम्पले थापाथलीस्थित सिंह महल ध्वस्त भएपछि ती विभाग बैंकको केन्द्रीय कार्यालय भवन बालुवाटारमा सारिएको थियो ।
गत दशैंअघि ती विभागलाई थापाथलीमा सार्ने तयारी गरिएपनि सुरक्षा पोष्टको अभावका कारण पाँच महिना पछाडि धकेलिएको हो ।