नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ४५.९३ अंकले घटेको नेप्से यसदिन १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।
दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। इनर्जी नेपालको सेयर ८.७६ प्रतिशतले बढ्दा महिला लघुवित्त वित्तीय संस्थाको ७.१४,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ६.०३ र हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले बढ्यो।
हिमालयन डिस्टिलरीको २७ करोड,जोशी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड,जानकी फाइनान्सको ११ करोड र लाइफ इन्स्योरेन्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ९२ स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो भने १३ वटाको मूल्य स्थिर रह्यो। ५ वटा समूहको उपसूचक बढ्दा ८ वटाको उपसूचक नकारात्मक देखिएका छन्।