होम्स शहर सिरियाली विद्रोही समूहको कब्जामा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सिरियाली विद्रोही समूहले मुलुकको तेस्रो सबैभन्दा ठूलो शहर होम्स आफुहरुको पूर्ण नियन्त्रणमा आएको जिकिर गरेका छन् ।  इस्लामिक विद्रोही समूहका नेता गोलानीले ‘होम्स शहर पूर्ण नियन्त्रण’मा रहेको यो ऐतिहासिक क्षण भएको जिकिर गरेका हुन् ।

यसअघि सिरियाली रक्षा मन्त्रालयले ‘इस्लामिक अतिवादीहरु होम्स शहर प्रवेश गरेको’ खबर निराधार रहेको बताएको थियो । एक अमेरिकी अधिकारीको हवाला दिंदै बेलायती समाचार संस्था बीबीसीले राजधानी दमास्कस नजिकका उपनगरहरु एक पछि अर्को गर्दै विद्रोहीको कब्जामा गइरहेको, उल्लेख गरेको छ ।

बीबीसीका मध्यपूर्व संवाददाता ह्यूगो बचेगाले, ‘विद्रोहीले होम्समा कब्जा जमाएको खण्डमा राष्ट्रपति बशर अल असदको शासन संकटमा परेको रुपमा बुझ्नुपर्ने विश्लेषण हुन थालेको’ उल्लेख गरेका छन् । विद्रोहीहरुले राजधानी कमास्कस नजिकै पुगिसकेको भनी घोषणा गरेसँगै भ्रम र भय दुवैको माहोल सिर्जना भएको छ ।

लगभग २२ मिलियन जनसंख्या रहेको सिरिया भूमध्य सागरको पूर्वी तटमा अवस्थित छ । जसको उत्तरमा टर्की, पश्चिम एवं दक्षिण पश्चिममा लेबनान र इजरायल छन् । यस्तै, पूर्वमा इराक र दक्षिणमा जोडर्न समेत जोडिन्छ । लेबनानमा केही समयअघि मात्रै युद्धविराम लागू भएसँगै इजरायली आक्रणम बन्द भएको छ । छिमेकमा युद्ध सेलाउन नपाउँदै इस्लामिक विद्रोहीहरुले सिरियामा सत्ता कब्जालाई तीब्रता दिएका हुन् ।

आफु सिरियामै रहेकाे राष्ट्रपति असदको दाबि

सिरियाली इस्लामिक विद्रोही संगठनले राजधानी दमास्कस नजिकै पुगिसकेको घोषणा गर्नासाथ दक्षिण पश्चिम मेजेहका कयौं नागरिकहरुले शहर छोडेका छन् । शासन कब्जा गर्ने भन्दै विद्रोही संगठनले चौतर्फी घेरा हालेसँगै आम नागरिकले शहर छोडेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियामा रहेका अमरिकी अधिकारीहरु बशर अल असदको शासन केही दिनमै ढल्ने आँकलन गर्न थालिसकेका छन् । विद्रोहीको घेराबन्दीमा परेका राष्ट्रपति असद दमास्कस छोडेर भागेको अड्कल समेत गर्न थालिएको छ । तर, राष्ट्रपति असदले आफुले राजधानी नछोडेको प्रतिक्रिया दिएको सीएनएनले उल्लेख गरेको छ ।

विद्रोही संगठनका नेताहरुले आफुहरु दमास्कसको द्वारमा पुगिसकेको भनी घोषणा गरेका छन् । दक्षिणी दारा प्रान्तमा विद्रोही संगठनले एक प्रमुख सन्यै अड्डामा कब्जा जमाएको बताइँदै छ ।

उता पश्चिमी क्षेत्रबाट विद्रोही संगठनहरु होम्सको प्रमुख शहरतर्फ अघि बढिरहेका छन् । स्थानीयहरुले सरकारी सेना पछि हटेको प्रतिक्रिया दिन थालेका छन् । आम नागरिकहरु शहर छोडेर हिँडेको क्षेत्र राष्ट्रपति भवनबाट करिब ५ किलोमिटरको दुरीमा मात्रै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *