धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले आफूविरुद्ध समाचार लेख्ने दुई जना सुनसरीका पत्रकारलाई कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् ।
उनले पत्रकारद्वयले आफूलाई नक्कली माओवादी भनेर समाचार लेखेको र सामाजिक सञ्जालमा सेयर गरेर जननिर्वाचित नगरप्रमुख जस्तो पदलाई अपमान र अनादार गरेर भ्रम फैलाएको भन्दै यस्तो विकृति रोक्न पत्रमार्फत माग गरेका छन् ।
पत्रको बोधार्थ कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालय धरानलाई समेत दिइएको छ ।