धादिङको कृष्णभिरमा सडकबाट खसेको ग्यास बुलेट त्रिशूली नदिमा पुगेको छ।आइतबार बिहान ८ बजे भारतबाट काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेट सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो।
माथिल्लो भाग त्रिशूलीमा तैरिएको छ। जिल्ला प्रहरी कार्यालय का अनुसार ग्यास बुलेटको माथिल्लो भाग गाडीबाट छुटेर त्रिशूलीमा पुगेको छ।
त्रिशूली नदीमा ग्यास बुलेटको माथिल्लो भाग तैरिरहेको र लिकेज भइरहेको छ। लिकेज भएको भाग बढाएर बढी मात्रामा ग्यास लिकेज गरी बुलेट नदीबाहिर ल्याउने तयारी भएको बताइएकाे छ ।
त्यसका लागि चितवनबाट प्राविधिकहरू कृष्णभिर आउँदैछन्। उक्त ग्यास बुलेट श्रीराम ग्यास उद्योगको रहेको खुलेको छ। ग्यास उद्योगका सिइओ नै घटनास्थल पुगेका छन्।
ग्यास बुलेटका चालक र सहचालक भने सम्पर्कबिहीन छन्। उनीहरूको खोजी भइरहेको धादिङ प्रहरीले जनाएको छ।