कोलम्बियामा बाँध फुट्दा १२ जना घाइते, धेरै बालबालिका बेपत्ता

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बोगोटा, मङ्सिर २२ गते । कोलम्बियाको ग्रामीण दक्षिणपश्चिम विभाग काउकामा बाँध भत्किँदा कम्तीमा एक दर्जन व्यक्ति घाइते हुनुका साथै धेरै बालबालिका बेपत्ता भएका छन् ।

नागरिक सुरक्षाका निर्देशक मेजर जुआन कार्लोस स्यान्डोभलले , “अगुआस क्लारिटास स्ट्रिममा बाँध भत्किँदा ठूलो क्षति भएको र पानीको बहावले यस क्षेत्रका घरहरू बगाएको जस्तो देखिन्छ ।” खोज र उद्धारका लागि पुग्ने प्रयासहरु पहिरोले सडक अवरुद्ध भएकाले अवरोध भएको  बताए  ।

विपद जोखिम व्यवस्थापनका लागि राष्ट्रिय एकाइका निर्देशक कार्लोस क्यारिलोले यस क्षेत्रमा भारी वर्षाको बीचमा कमजोर जनसङ्ख्याको सुरक्षालाई प्राथमिकता दिँदै बेपत्ताहरुको खोजीमा समन्वय गर्न पोपायनमा एक एकीकृत कमाण्ड पोस्ट स्थापना गर्ने योजना घोषणा गरे ।

रासस/सिन्ह्वा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *