इतिहासकार राणाको निधन

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ । इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । बिहीबार राणाको निधन भएको हो ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका  क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए । इतिहासकार राणाका ऐतिहासिक दरबारहरू, श्री ३ हरूको तथ्य वृतान्त (भाग १), श्री ३ हरूको तथ्य वृतान्त (भाग २), श्री ३ हरूको तथ्य वृतान्त (भाग ३) पुस्तक प्रकाशित छन् ।
राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् । उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *