सुर्खेतबाट हुम्ला ,मुगु र जुम्लामा नियमित उडान सुरु

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा तारा एयरलाइन्सले उडान सुरू गरेको छ । बुधवार देखी सुर्खेतबाट कर्णालीका हुम्ला ,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो।

तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीका अनुसार सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने उनले जानकारी दिए ।

त्यसका लागि सुर्खेत– सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको सुबेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *