जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ । सीताराम गौशालाद्वारा चढाइएको उक्त चुनरी भारतको सुरतस्थित जिनमाता ट्रस्टले उपलब्ध गराएको हो ।

रामजानकीको तिलकभन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको उक्त चुनरी लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुअघि चुनरीसहित नगर परिक्रमा गरिएको थियो । परिक्रमाका क्रममा स्थानीयवासीले चुनरीमाथि फूल बर्साएकाथिए ।

एकातिर जानकी माता र भगवान् रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवमा रौनक थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए ।कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतोलगायत राजनीतिकर्मीको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *