चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप २४ जना घाइते

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि स्वास्थ्य

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा आठ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

“प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुंगा हान्दा प्रहरी घाइते भएका हुन्,” प्रहरी उपरीक्षक मिश्रले भने ।जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि झडप भएको उनको भनाइ छ ।

प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायत अस्पतालमा उपचार भइरहेको उनले बताए ।

चितवनकझ साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले बयानका लागि मंगलबार काठमाडौंबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।

चितवनमा बयान नसकिंदै रवि लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज पर्सामा पक्राउ पुर्जी जारी भएको हो । रविका तत्कालीन व्यावसायिक साझेदार जिबी राई संचालक रहेको उक्त सहकारीका ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको आरोप छ ।

लामिछानेमाथि कास्कीको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । सहारा सहकारीको घोटालाबारे हिजोदेखि जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा उनको बयान आजपनि जारी रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *