ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए । हिजो नै उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौवटा सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *