आजकाे मौसम : मूख्यतया सफा रहने

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर मौसम मूख्यतया सफा रहेको जनाएको छ ।तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ ।

कुहिरो र हुस्सुले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *