सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते

मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

सुर्खेतको पञ्चपुरी नगरपालिकामा जिप दुर्घटनामा परेको छ। आज बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका-५, गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो।

दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइते हुनेहरूमा सुर्खेत पञ्चपुरी नगरपालिका ५ बस्ने वर्ष ५६ कि पार्वती घर्ती मगर र नर बहादुर देउवा, वडा नम्बर ९ बस्ने वर्ष २० कि वर्षा सुनार र वर्ष ४० का वीरेन्द्र सुनार, वडा नम्बर ८ बस्ने वर्ष ३५ का शिव राज सुनार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए।

यस्तै पञ्चपुरी नगरपालिका–२ बस्ने वर्ष ३२ कि भावना रोकाय दैलेख दुल्लु नगरपालिका–३ बस्ने वर्ष २२ का प्रकाश महत, कैलाली घोडाघोडी नगरपालिका–७ बस्ने थर नखुलेका वर्ष ३७ का सन्तोष र वर्ष ३६ कि सरस्वती धामी, कैलाली लम्की नगरपालिका–६ बस्ने वर्ष ८ कि प्रिती घिमिरे र वर्ष ३० कि टीका घिमिरे घाइते भएका छन्।

प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–४ बस्ने वर्ष ४५ का खगेन्द्र कँडेल र डडेलधुरा पर्सुराम नगरपालिका–६ बस्ने वर्ष ३० का गणेश प्रसाद जैसी घाइते भएका छन्। घाइतेहरूको बाबियाचौरस्थित पञ्चपुरी अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिप आफैं अनियन्त्रित भए सडकको बायाँ किनाराबाट करिब १० मिटर तल खसेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *