अध्यक्षले हटाउन खोजेका सांसदलाई पदबाट नहटाउने सभामुखको निर्णय

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

डा.सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद गोमा लाभ सापकोटाको पद कायम रहने भएको छ । उनलाई सांसद पदबाट हटाउन पार्टी अध्यक्ष राउतले गरेको सिफारिसलाई सभामुख देवराज घिमिरेले नहटाउने निर्णय गरेपछि यस्ताे परिस्थीति बनेकाे हाे ।

संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार पार्टी अध्यक्षको चाहना कानुन र नियमविपरित भएकाले गोमाको पद कायम रहने निर्णय भएको हो ।

यसअघि अध्यक्ष राउतले सांसद लाभले ठेकेदारसँग अवैध ढंगले पैसा असुलेको, पार्टी फुटाउन खोजेको भन्दै सांसद पदबाट हटाउन सिफारिस गरेका थिए । तर, लाभले आफूमाथि लागेको आरोप पुष्टि गर्न रावतलाई चुनौती दिँदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *