बलिउड सिनेमा ‘गजनी’का भिलेन प्रदीपले आजदेखि काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्देशक चन्द्र पन्तले बताएका छन् ।
चलचित्र ‘ह्रस्व दीर्घ’का भारतीय अभिनेता प्रदीप सिंह रावत हाल नेपालमा छन् । उनि शनिबार राति श्रीमती कल्याणी सहित नेपाल आएका हुन । चलचित्र ‘ह्रस्व दीर्घ’मा उनले अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गरेका छन् । उनी यसअघि यो सिनेमाको छायांकनका लागि नेपालमा आएका थिए ।
चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मालगायत कलाकारको अभिनय छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेत्री निता ढुंगानाको लगानी रहेको छ ।
नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।