स्वावलम्बन लघुवित्त वित्तीय सस्था लि. को २३ औं बाषिर्क साधारण सभा सम्पन्न भएको छ। सस्थाकी अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा नक्साल काठमाडौंमा सम्पन्न सभाले अध्यक्षद्वारा प्रस्तुत सस्थाको आ व २०८०/०८१ को बाषिर्क प्रतिबेदन पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिबेदन २०८१ को वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान , नगद प्रवाह विवरण साथै नाफा नोक्सान बाडफाड सम्बन्ध पारित गरेको छ।
यसैगरी सभाले सस्थाको चुक्ता पुजीको ०.७५% नगद लाभांश पारित गर्दै आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति लगायत प्रस्तावहरु पारित भएका छन। सस्थाले चालू आवमा ३५ करोड ९७ लाख ८३ हजार ८५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ भने २१ अर्व ३१ करोड २१ लाख कर्जा रकम रहेको सो सस्थाको यस अवधि सम्म सदस्यहरू को कुल बचत १४ अर्व ३९ करोड १९ लाख रुपैयाँको हुन आएको छ।
साधारण सभामा सस्थाको जारी चुक्ता पूजी १ अर्व ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने प्रताव समेत पारित गरिएको छ । असोज मसान्तसम्म ६१ वटा जिल्लाका १४५ शाखा / उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ८१ हजार ७४५ जना महिला ग्राहक सदस्यहरुलाइ लघुवित्तले सेवा प्रदान गर्दै आएको सभामा जानकारी गराइएको थियो।