सडकमा माटो खसाल्दै गाडी हाँक्ने चालकमाथि धमाधम कारवाही

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

ललितपुर महानगरपालिकाले सडकमा माटो खसाल्दै ट्रक दौडाउने चालकलाई जरिवाना तिराएको छ ।

बा.५ ख ५४४३ नम्बरको मिनी ट्रकलाई कारबाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना तिराएको हो । सफा र सुन्दर शहर बनाउने महानगरको नीति र कार्यविपरीत उक्त ट्रकले सडकमा माटो खसालेर फोहोर बनाएको महानगरले जनाएको छ ।

ललितपुरलाई स्वच्छ, सफा, धुलो र धुँवारहित शहर बनाउनका लागि महानगरले विभिन्न कार्य गर्दै आएको छ । सो क्रममा सानेपास्थित समिट होटल निर्माणको क्रममा ट्रिपर र ट्रकले माटो ओसारपसार गर्दा सडकमा खसालेर फोहोर पार्नुका साथै पैदलयात्रुलाई समेत हिँड्डुलमा असर पुगेपछि महानगरले सुक्ष्म रुपमा निगरानी गरिरहेको पनि जानकारी दिएको छ ।

महानगरको नीतिविपरीत त्यस्ता कार्य गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ । ‘महानगरबाट जारी भएको सूचनाको बेवास्ता गर्दै फेरि पनि महानगरको नीतिविपरीत काम भए कानूनबमोजिम थप कारबाही हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पनि सडकमा माटो खसाल्दै गुड्ने एक दर्जनभन्दा बढी ट्रिपर तथा ट्रकलाई कारबाही गरिसकेको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *