खेलकुद बचत तथा ऋण सहकारी सस्था लि. त्रिपुरेश्वोर काठमाडौंले १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सस्थाका अध्यक्ष हिरा सिह डङ्गोलको अध्यक्षतामा टेकु काठमाडौंमा सम्पन्न सभाले अध्यक्षद्वारा प्रस्तुत सस्थाको आव २०८०/०८१ को वार्षिक प्रतिबेदन पारित गरेको छ ।
यस्तै सभाले लेखापरीक्षण प्रतिबेदन , सस्थाले गरेको निर्णय अनुमोदन सम्बन्ध साधारण सभाले पारित गर्दै आगामी आवको लागि लेखापरीक्षक नियुक्ति तथा परिश्रमक तोक्ने सम्बन्ध लगायत प्रस्तावहरु पारित गरेकाे छ ।
सभामा प्रस्तुत प्रतिबेदन अनुसार चालू आ व मा सस्थाको चुक्ता पूजी ७७ लाख १७ हजार ६०० रुपैयाँको हुँदा निक्षेप संकलन १० करोड ५३ लाख ६९ हजार ६५० रुपैयाँ ४१ पैसाको भएको छ।
त्यस्तै ऋण लगानी तर्फ १० करोड ४२ लाख ८८ हजार ९२९ रुपैयाँ २४ पैसा कायम रहदा विविध गरि चालू आ व मा सस्थाको कुल कारोबार १२ करोड २७ लाख ८९ हजार ७६४ रुपैयाँ २४ पैसाको हुन आएको छ।
सभामा रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्क लाल घिसिङ, खेलाडी, सहकारीकर्मी , कारोबारीहरुको उपस्थिति रहेको थियो।