केहि पहाडी भूभागमा वर्षाको सम्भावना

मुख्य समाचार समाचार सुचना/प्रबिधि

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

साथै तराईका भू-भागका केही स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।शनिबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *