राजधानी काठमाडौँको गौशालाबाट अभियन्ता सुमन सायमिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिकाले अतिक्रमित संरचना हटाउनका लागि डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले शुक्रबार सायमिसहित ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।