सयको रिचार्ज कार्ड किनेर हजारको नक्कली नोट साट्ने चार जना पक्राउ

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

दाङको तुल्सीपुरबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले तुल्सीपुर उप महानगरपालिका  बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका १० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका वडा नम्बर ८ बस्ने १७ वर्षीय किशोर, वडा नम्बर ९ दोघरे बस्ने १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका ४ घर भई तुल्सीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।

पक्राउ परेका व्यक्तिहरुले केही सातादेखि हजारको नक्कली नोट दिएर सय रुपैयाँको रिचार्ज कार्ड किनेर नौ सय रुपैयाँ फिता लिने गरेका थिए। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *