महसुल नतिरी विद्युत लाइन जोडिएकोमा सर्वोच्चले माग्यो लिखित जवाफ

अर्थ राजनिति समाचार सुचना/प्रबिधि

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले  उक्त विषयमा सुनुवाइ गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।सर्वोच्च अदालतका अनुसार  उक्त विवादमा आगामी मङ्सिर ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सिंहदबार र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाई  अधिवक्ता खडानन्द कँडेलले रिट निवेदन दायर गरेका थिए ।

मन्त्रिपरिषद्को यही कात्तिक २५ गते बसेको बैठकले विद्युत् बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको प्राधिकरणले लाइन काटेकामा २४ घण्टाभित्र विद्युत्को लाइन जडान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *