नागढुंगादेखि सिस्नेखोला सडक खण्ड बिहीबारबाट मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने छ ।
धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले उक्त अवधिभर उक्त सडक खण्ड आंशिक रुपमा बन्द रहने आयोजनाले बुधबार प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
सुरुङ अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाले जनाएकाे छ ।