सुनको भाउ ताेलामा दुइहजार चारसयले घट्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपाली बजारमा फेरि सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला दुइहजार चारसय  रुपैयाँ  घटेको हो ।

आज प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भैरहेको महासंघले जनाएको छ ।  सोमबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार नाैसय पचपन्न रुपैयाँ रहेको चाँदी आज एक हजार नाैसय पच्चीस  रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।२४००

Leave a Reply

Your email address will not be published. Required fields are marked *